२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

असुरक्षित गर्भपतन गराउने महिला ५८ प्रतिशत

चैत्र ११, २०७९, ३:३६ .शनिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ चैत । महिला जनचेतना केन्द्र मेचीनगरले सरोकारवालाहरुसँग गर्भपतनको अधिकार विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समाजमा अझै पनि सुरक्षित गर्भपतन सम्बन्धी सेवाका बारेमा जानकारी नहुँदा ग्रामीण क्षेत्रका महिलाहरुले भोग्दै आएका समस्या र चुनौतिका बारेमा यो अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने बताइएको थियो ।

संस्थाकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रममा स्थानीय तहका हरेक वडाहरुमा सुरक्षित गर्भपतन सेवा दिन नसके पनि जनप्रतिनिधिहरुले सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गरिन् ।

उनले मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा केन्द्रले गरेको अध्ययन अनुसन्धानले अधिकांश महिलाहरुले सुरक्षित गर्भपतनका बारेमा जानकारी नहुँदा घरेलु हिंसाको शिकार बनेका तथ्याङ्कहरु फेला परेको बताइन् ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघकी स्टाफ नर्स प्रकृति बाँस्तोलाले सुरक्षित गर्भपतनको कानुनी अवस्था, समस्या र चुनौतिका बारेमा जानकारी गराइन् । उनले अझै पनि समाजमा असुरक्षित गर्भपतन गराउने महिलाको संख्या ५८ प्रतिशत रहेको दावी गरिन् ।

उनले प्रादेशिक तथा स्थानीयस्तरमा यस सेवाको बारेमा जानकारीमा कमी हुनु, तालिम नलिएका र सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट अबैधानिक रुपमा सेवा दिइरहनु र गर्भपतनप्रतिको हेयभावपूर्ण व्यवहार तथा सामाजिक लाञ्छना लगाउने प्रवृत्तिले अझै समाजमा चुतौति दिइरहेको बताइन् ।

मेचीनगर नगरपालिकाकी स्वाथ्य अधिकृत सविता सापकोटाले नेपाल सरकारले तोकिएका स्थानबाट गर्भपतन सेवा लिनेका लागि निःशुल्क औषधिको समेत व्यवस्था गरिरहेको जानकारी दिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशकी सांसद सविना बजगाई, विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रम प्रवाह गर्न आफूहरु लागि पर्ने बताएका थिए ।

संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत लक्ष्मी खनियाँले र सञ्चालन रेजिना श्रेष्ठले गरेकी थिइन् ।

पछिल्लो समाचार

काँकरभिट्टा क्याम्पसमा नेविसंघको बर्चश्व

अघिल्लो समाचार

हातेमालो वनको चुनाव सम्पन्न, मतगणनाको तयारी

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.