ईटाभट्टा, २१ चैत । मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ ।
पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो ।
मेचीनगरले पालिकास्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई सञ्चारमैत्री बनाउने अभियान थालेको छ ।
नगरपालिकाले अब सञ्चार क्षेत्रका सम्पूर्ण काम कारवाही पत्रकारहरू कै माध्यमबाट गर्ने भएको छ ।
सञ्चार प्रतिष्ठानमार्फत गर्ने गरी अधिकार सम्पन्न सञ्चार प्रतिष्ठान गठन गरिएको बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
उनले सञ्चार प्रतिष्ठान गठन भएसँगै अब मिडिया र मिडियाकर्मी सम्बन्धी सम्पूर्ण कार्य सञ्चार प्रतिष्ठानले नै गर्ने बताए ।
सञ्चार प्रतिष्ठानको सचिवमा पत्रकार प्रकाश पौडेल तथा सदस्यहरूमा अर्जुन कार्की, झुलन रेग्मी, भूमिका सुब्बा, सुष्मा राजवंशी, किशोर उपरकोटी, हेमन्त निरौला र गगन ढकाल रहेका छन् ।
Discussion about this post