मेचीनगर, २ बैशाख । प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माले दलितको अधिकार प्राप्तीका लागि अब पूर्वबाटै आन्दोलन सुरुवात गर्नु पर्ने बताएकी छन् ।
आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा दलित उत्थान समन्वय समिति मेचीनगरको तेस्रो वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले त्यस्तो कुरा बताएकी हुन् ।
उनले दलितहरुको हितमा कानून बनिएपनि कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेकी छन् ।
‘पालिकाहरुमा दलितहरुको ऐन कतिको कार्यान्वयन हुँदैछ’, सांसद् विश्वकर्माले भनिन्–‘त्यसको खोजी गर्नुपर्छ । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुलाई यस विषयमा ध्यानाकर्षण गराउनु पर्छ ।’
कार्यक्रममा सांसद् विश्वकर्मा, दलित नेताहरु छविलाला विश्वकर्मा, दलबहादुर विश्वकर्मा, निरु परियार, नेपाली कांग्रेसका मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमालेका जिल्ला सदस्य कृष्ण कनाल, नेकपा माओवादी केन्द्रका मेचीनगर सहइन्चार्ज एवम् जिल्ला कमिटी सदस्य प्रकाश खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दलित उत्थान समन्वय समिति मेचीनगरका अध्यक्ष ध्रुब कनालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष रिता परियारले र संचालन सचिव राजकुमार श्रीवालले गरेका थिए ।
Discussion about this post