२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नक्कली धनीपूर्जा काण्ड

यसरी ठगिए मेची डाडाका स्थानीय

बैशाख १५, २०८०, ११:३३ .शुक्रबार
0
0
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १५ वैशाख । छ महिनाअघि धनीपूर्जा प्राप्त गरेकी मेचीनगर–६ स्थित मेची डाडाकी सरस्वती बरालले ढेड महिनाअघि वडा कार्यालयमा एकृकीत सम्पत्ति कर तिर्न जाँदा मात्र आफु ठगिएको थाहा पाइन् ।

घटना ६ महिना अघिको हो । वर्षौँदेखि ३ धुर ऐलानी जग्गामा घर बनाएर बसेकी सरस्वतीले धनीपूर्जा पाएपछि आरामको सास फेरिन । धनीपूर्जा पाएपछि दंग पनि परिन् । धनीपूर्जाका लागि उनले ३५ हजार खर्च गरिन् ।

धनीपूर्जाको मेलोमेसो मिलाईदिने स्थानीय ७५ वर्षीय भुपध्वज दाहाल र सोही ठाउँका ७३ वर्षीय ज्ञानबहादुर गिरी हुन् ।

उनीहरुले ५० हजारमा धनीपूर्जा ल्याइदिने शर्त राखेका थिए । तर, धनीपूर्जाका लागि सरस्वतीले ३५ हजारमा मात्र कुरा मिलाइन । गिरी र दाहालले कहाँबाट धनीपूर्जा ल्याएर दिए उनलाई थाहा थिएन ।

त्यसको केहि दिनपछि उनीहरुले तिरो (कर) तिरेर ल्याइदिन्छु भनेर फेरि २५ सय मागे । तिरो तिरेर ल्याउने शर्तमा सरस्वतीले २५ सय दिएर पठाएका उनीहरु फेरि फर्किएर आएनन् । उनीहरुले कर तिरेको कागज नल्याएपछि सरस्वती आफै धनीपूर्जा बोकेर कर तिर्न वडा कार्यालय पुगिन् ।

वडामा धनीपूर्जा देखाएर कर तिर्न खोज्दा मात्र उनले थाहा पाइन् । त्यो धनीपूर्जा नक्कली हो भनेर । वडा कार्यालयका कर्मचारीले कम्युटरमा हेर्दा धनीपूर्जामा भएको कित्ता नम्बर फेला पारेनन् । र, अन्तमा नक्कली हो भन्ने प्रमाणित गरिदियोे । सरस्वती एकछिन त वेहोस नै भइन् । छक्कै परिन् । गिरी र दाहालले मलाई फसाए भन्दै रोइकराई गरिन् ।

यो त एउटा प्रतिनिधि पात्र मात्र हुन् । सरस्वती जस्ता ५९ जनाले वडा कार्यालयमा आएर धनीपूर्जा देखाए । ती सबै धनीपूर्जा नक्कली भएको पुष्टि भयो ।

गत चैत १७ गते वडामा गिरी र दाहाल विरुद्ध पीडितहरुले उजुरी दिए । वडाले मिलाउन नसकेपछि सम्बन्धित निकायमा जान वडाध्यक्षले सुझाव दिए । गिरी र दाहाल अस्वस्थ भएका कारण उनका छोराहरुले गाउँमा नै मिलाउन कोशिस गरे तर, सकेनन् ।

गिरी र दाहालले गाउँका करिव ७० जनालाई नक्कली धनीपूर्जा दिएका थिए । उनीहरुले पीडितहरुबाट धनीपूर्जा वापतको कसैलाई ६५ हजार, ५५ हजार, ५२ हजार, ३५ हजार, २५ हजार र १० हजार समेत लिएको बताइएको छ ।

गिरी र दाहालका परिवारले पीडितहरुलाई आधा रकम फिर्ता गरिदिने धनिपूर्जा लिने भनेर यहि बैशाख १० गते गाउँमै छलफल पनि भएको थियो । आधा रकम लिनेमा गाउँलेहरुले सहमति गरेका पनि थिए । तर, फेरि बैशाख २२ गते दिने भनेर म्याद बढाएपछि पीडित मध्यका पाँच जनाले बैशाख ४ गते वडा कार्यालयबाट उजुरी झिके ।

त्यसपछि बैशाख १२ गते गिरी र दाहाल विरुद्ध जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालयमा उजुरी दिए ।

उजुरी दिए लगत्तै गिरी पक्राउ परे । दाहाल केहि दिनदेखि अस्वस्थ भएर घरैमा आराम गरिरहेका छन् । पीडितहरुका अनुसार ७० जनाबाट उठाएको पैसा नक्कली धनीपूर्जा बनाएर ल्याइदिने दलाललाई दिएको बुझिएको छ ।

नक्कली धनीपूर्जा बनाएर घरमै ल्याइदिने गिरोहहरु धेरै रहेको शंका पीडितहरुको छ । सोहि ठाउँकी अर्का पीडित मीना खनालले छोरीलाई दिएको एक धुर र आफ्नो समेत गरेर ४ धुर ऐलानी जग्गा थियो । ६५ हजार दिएपछि ६ धुरको धनिपूर्जा बनाएर ल्याइदिएको उनको दावी छ ।

पीडितका अनुसार हामीसँग पैसा बुझ्ने गिरी र दाहाल हुन् । उनीहरुले पैसा कहाँ बुझाए हामीलाई थाहा नभएको बताउछन् । नक्कली धनीपूर्जामा पीडितको फोटो टासेर, सरकारी छाप र हस्ताक्षर किर्ते गर्ने दलाललाई समेत पक्राउ गर्न पीडितहरुले माग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले पीडितहरुबाट नक्कली धनीपूर्जा संकलन गर्ने र पक्राउ परेकाबाट वयान लिने काम गरिरहेको छ ।

पछिल्लो समाचार

व्याज नघटाए आन्दोलन गरिने : सुरकृष्ण वैद्य

अघिल्लो समाचार

पुरुष भलिबलमा गण्डकी प्रदेश विजयी

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.