
मेचीनगर, २२ बैशाख । मेचीनगर-९ स्थित किरातेश्वार माङहिमकाे मन्दिर आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
साे मन्दिरकाे उद्घाटन मन्धुमविद तथा ज्याेतिषविद डा : चन्द्रकुमार शेर्माले गरेका थिए । कार्यक्रममा पूर्वमन्त्रीदेिखि पूर्व नगरप्रमुख सम्मलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहनुभएका नरेन्द्रविक्रम नेम्वाङ, मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, मन्दिर निर्माणका लागि जग्गा दिने जग्गादाता दम्पति पदमबहादुर योङहाङ र मनमाया योङहाङ छन् ।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि डा. शेर्माले खदा ओढाएर सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरु मध्ये पूर्व कानुनमन्त्री नेम्वाङ भने अस्वास्थ्यता कारण कार्यक्रमस्थलमा उपस्थित हुन सकेनन् ।
कार्यक्रमस्थलमा उनका प्रतिनिधिलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक नृत्य तथा परम्परागत चण्डी, साकेला, च्याब्रुङ, केलाङ लगायतका नाचहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख आतिथी शेर्मा, माङहिमका अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङले प्रतिवेदन प्रस्तुत गरेकाे कार्यक्रममा निवर्तमान मेयर आचार्य, यवा सेवा संघका केन्द्रीय सचिव वीरेन्द्र आङदेम्बे, सत्यहाङमा सेवा संघ केन्द्रीय सचिव शिवकुमार साउदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सल्लाहकार संयोजक प्रेम सम्बाहाम्फेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सदस्य मुकेश लिम्बुले गरेका थिए ।





Discussion about this post