झापा, २२ बैशाख । सिद्धार्थ गौतम(बुद्ध)को आज २५६७ औँ जन्म जयन्ती मनाईदैँ छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन पूजा, आराधना एवम् प्रवचन गरी बुद्ध जयन्ती मनाइने गरिएको हो ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै शुक्रबार देशभर मनाउन लागिएको छ ।
चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि पूरा गर्ने चलन छ ।
Discussion about this post