२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कुमार लिङ्देन पदमुक्त, चार पार्टीबीच एकीकरण

बैशाख २१, २०८०, ३:४५ .बिहिबार
0
0
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ बैशााख । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अध्यक्ष कुमार लिङदेनलाई पदमुक्त गरेको छ ।

मञ्चको बहुमत सदस्य सहभागी बैठकले लिङदेनलाई पदमुक्त गरेको हो ।

लिङदेन १८ बर्षदेखि मञ्चको एकलौटी अध्यक्ष थिए । लिङदेनलाई कारवाही गरेको समुहले उपाध्यक्ष ज्ञानबहादुर गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको छ । लिङदेनले पार्टी सञ्चालन गर्न नसकेको आरोप गुरुङ समुहको छ ।

लिङदेनले आर्थिक अनियमितता गरेको, सामाजिक तथा सांस्कृतिक विचलनमा परेको, संगठनका कार्यकर्तासँग रकम लिएर फिर्ता नगरेको, पहिचान पक्षसँग सहकार्य गर्न नमानेको, पहिचानको आन्दोलनलाई कमजोर बनाएको लगायतका ४४ बुँदे आरोप लगाउँदै उनलाई पदमुक्त गरिएको हो ।

लिङदेनले विदेशी सहायता दुरुपयोग गरेकोदेखि पार्टीलाई आफ्नो व्यक्तिगत कम्पनी बनाएको आरोप जारी प्रेस बिज्ञप्तिमा छ ।

लिङदेनले विभिन्न विदेशी शक्तिसँग साँठगाँठ गरेर उसैको निर्देशनमा पार्टी र पहिचानको मुद्दा ध्वस्त बनाएको आरोप गुरुङ समुहले लगाएको छ । यसअघि भएका निर्वाचनमा विदेशी अस्थिरतावादी शक्तिसँग मिलेमतो गरी सहभागी हुन नदिएको समेत आरोप उनीमाथि लगाइएको छ ।

लिम्बुवान नेता धनबहादुर पन्धाकले मञ्चको विधान बमोजिम बहुमत सदस्यले तत्कालिन अध्यक्ष लिङदेनलाई पदमुक्त गरेको जानकारी दिए । २८५ जना केन्द्रिय सदस्य रहेको मञ्चको १६३ जना सदस्य उपस्थित भएको बैठकले लिङदेनलाई पदमुक्त गरेको उनले बताए ।

लिङदेनलाई कारवाही गरेको समुहले चार पार्टीबीच एकीकरण गरेको घोषणा गरेको छ । एकीकृत पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी (एकीकृत)’ रहने सहमति भएको छ ।

एकीकृत पार्टीको संघीय अध्यक्ष गुरुङ छन् भने पार्टी अध्यक्ष सांसदसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहेकी छन् । कोचिला एकता संघर्ष समिति, नागरिक शसक्तिकरणका लागि जागरण अभियान, नागरिक उन्मुक्ति पार्टी र मञ्चबीच एकीकरण भएको हो ।

एकिकृत पार्टीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, कोचिला एकता संघर्ष समिति र जागरण अभियानका नेता कार्यकर्ताको सहमतिका साथ व्यवस्थापन गरिने संघीय अध्यक्ष गुरुङले बताए । पार्टी एकिकरणमा भएको १० बुँदै सहमतिलाई सबै पक्षबाट कार्यान्वयन गरिनेसमेत उनले जानकारी दिए ।

यता कुमार लिङदेनले भने पार्टीका केही नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै लिङदेनले सक्रिय राजनीतिक दलको केही नेता कार्यकर्ताद्धारा हत्या गर्ने प्रयास गरिएको बताएका छन् । पार्टी बचाउन कानुनी तथा राजनीतिक लडाइ लड्न तयार रहेको समेत उनले बताएका छन् ।

पछिल्लो समाचार

अब स्थानीय तहका कर्मचारी प्रदेशभरी सरुवा हुने

अघिल्लो समाचार

आज २५६७ औँ बुद्ध जयन्ती

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.