झापा, २२ बैशाख । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छन् ।
भद्रपुर नगरपालिका–८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरुमाथि चेकजाँच गर्ने क्रममा निजले प्रयोग गर्ने भित्री बस्त्र (पेन्टी) भित्र २ वटा प्याडको बिच भागमा प्याड आकारको साइज बनाई लुकाई लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post