१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृषि

तरकारी खेतीबाट आम्दानी गर्दै किसान

बैशाख ३१, २०८०, ४:१५ .आइतवार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

गाडागल्ली, ३१ बैशाख । मेचीनगर नगरपालिका–१ स्थित गाडागल्लीका खगेन्द्रबहादुर भुजेलले व्यावसायिक तरकारी खेती सुरु गरेको २० वर्ष भयो ।

तरकारी खेतीबाट हुने आम्दानीले भुजेल परिवारको खर्च मात्र चल्ने गरेको छ । उनले त्यतिमात्र गरेनन् स्थानीय १० जनालाई रोजगार समेत दिएका छन् ।

उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन । आफ्नो ७ कठ्ठा र ५ विगाहा लिजमा लिएको जग्गामा उनले तरकारी खेती गरेर वार्षिकरुपमा करिव १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

वडा नम्बर १ मा माँ पाथिभरा तरकारी कृषि उद्योग दर्ता गरेका छन् । तर, तरकारी खेती भने वडा नम्बर २ को साम्यटोल स्थित देवन मार्ग छेउमा गरिरहेका छन् । प्रति विगाहा ५० हजारमा जग्गा लिजमा लिएर खेती गरेका हुन् ।

‘यसवर्ष टमाटरको उत्पादनबाट १० लाख आम्दानी भयो’, भुजेलले भने–‘टमाटर १२ देखि १५ लाखको बिक्री भइसकेको छ, बारीमा अझै टमाटर बिक्री हुन बाँकी छ ।’ उनले बारीमा इटली ३८ विन जातको टमाटरको विउ ल्याएर रोपेका हुन् ।

यहाँ उत्पादन गरेका तरकारीहरु बिर्तामोडको कृषि थोकमा बिक्री गर्ने गरेको भुजेलको भनाई छ । उनले टमाटर एकक्रेट (२३ केजी) को ५५० रुपैयाँले बिक्री गरिरहेको बताए ।

त्यसो त उनले बारीमा फुलकोपी, साँग, डल्ले खुर्सानी, बोडी, सिमी लगायतका बेमौसमी तरकारी पनि उत्पादन गरेर बिक्री गर्छन् । नम आयल र किङ्गस स्टार नामको मल प्रयोग गरेर विभिन्न जातका तरकारीको बेर्ना राखेका छन् । उनले सुर्यमुखी फुलको पनि विरुवा रोपेका छन् ।

२० वर्षअघि काँकरभिट्टामा दुधको डेरी व्यवसाय सञ्चालन गरेर बसेका भुजेलले डेरीबाट खासै आम्दानी नभएपछि उक्त व्यवसाय छाडेर तरकारी खेती गर्न उँभो लागे । भट्टराई चोकको १० धुर जग्गा एकलाख ५५ हजारमा बिक्री गरेर गाडागल्लीमा तीनलाख ५५ हजारमा १५ कठ्ठा जग्गा किने । त्यहि जग्गाबाटै तरकारी खेती विस्तार गरेको उनको भनाई छ ।

घरमा दुःख देखेर सानै उमेरमा भारतको अर्नाचलमा काम गर्न जाँदा उतै कृषि क्षेत्रका विषयमा सिक्ने मौका पाएको उनले सुनाए । उनी २०५९ सालदेखि अहिलेसम्म निरन्तर कृषि पेशामा छन् ।

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उनी बताउछन् । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ ।

पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । तर, मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि थोरै भएपनि परिवारको गुजारा चलेको उनले सुनाए ।

उनका अनुसार गतवर्ष कृषि ज्ञान केन्द्र भद्रपुरले तरकारी खेती प्रर्बद्धनका लागि ६ लाख १२ हजार अनुदान दिएको बताए । यसवर्ष मेचीनगर नगरपालिकाले तरकारी खेतीका लागि ९५ हजार अनुदान दिने तयारीमा रहेको बताए ।

‘कृषि खेतीका लागि सिँचाई अत्य आवश्यक छ’, भुजेलले भने–‘यहाँ पानीको समस्या छ । इनार, कुवा वा धाराको पानीले त्यो सम्भव हुँदैन । नहरको पानी सधै आउँदैन । राज्यले यस विषयमा गम्भीर भएर किसानको पीडा बुझ्नु पर्छ । आकासे पानीको भरपर्नु पर्छ । त्यो पनि समयमा नआएपछि घामले विरुवाहरु मर्ने गरेका छन् । कृषि क्षेत्रलाई राज्यले आत्मनिर्भर बनाउने हो भने पहिला किसानको मर्मलाई सम्बोधन गर्नुपर्छ ।’

पछिल्लो समाचार

वडामै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

अघिल्लो समाचार

प्रेस यूनियन झापा अध्यक्षमा भट्टराई विजयी

Related Posts

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
box -3

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.