७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पार्क सञ्चालनमा

काँकरभिट्टामा ठडियो विपी र पुष्पलालको शालिक

जेष्ठ ८, २०८०, १२:५० .सोमवार
0
0
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ८ जेठ । नेपालका ऐतिहासिक दुई महापुरुषको पूर्णकदको शालिक काँकरभिट्टामा ठडिएको छ ।

आइतबार बेलुका काँकरभिट्टामा विपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठान निर्माण समितिले एक कार्यक्रमको आयोजना गरेर दुई महापुरुष विपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको शालिक विधिवत रुपमा ठडाएको हो ।

ती दुवै शिर्ष व्यक्तित्वको शालिक तथा पार्कको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले रिविन काटेर उद्घाटन गरेका थिए । केहि महिनाअघि तयार गरिएको शालिक घुम्टोले छोपिएको थियो ।

निर्माण समितिले आइतबारबाट पार्क र दुई वटा साइकल नगरपालिकाकालाई हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष रामबहादुर तामाङले पार्क र साइकल मेयर बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नेपालको इतिहास बोकेका दुई विपरित विचारका महान नेताहरुको यो शालिकले विशेष महत्व राख्ने बताए । उनले पार्कको संरक्षण गर्न सबैको दायित्व रहेको बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, प्रदेश एकका निवर्तमान सांसद श्रीप्रसाद मैनाली लगायतले विपी–पुष्पलाल बाटिका र शहिद पार्कका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नगरका राजनीतिक दलका प्रमुखहरु लगायत स्थानीय समाजसेवीहरुको उपस्तिथि रहेको थियो ।

देशका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक नेपालमै पहिलो पटक एकै ठाउँमा पूर्णकदको शालिक काँकरभिट्टामा स्थापना गरिएको समितिको दावी छ ।
।

२०४८ सालदेखि शिर्ष व्यक्तित्वको नाममा बाटिका स्थापना गरिएको थियो । हरेक वर्ष विप–पुष्पलाल बाटिकामा नेपाली कांग्रेस र नेकपा एमालेले उनीहरुको स्मृतिमा वृक्षारोपण गर्दै आएको छ ।

१२ कठ्ठा जग्गामा फैलिएको शालिक तथा पार्क निर्माणका लागि विराट पर्यटन बोर्डको सदस्य हुँदा मीना पोखरेल उप्रेतीको पहलमा पर्यटन कार्यालय काँकरभिट्टाले चार लाख ६० हजार, मेचीनगर–६ वडा कार्यालयले ५० हजार, मेचीनगर नगरपालिकाले एक लाख ८० हजार, प्रदेश एकका सांसद हुँदा श्रीप्रसाद मैनालीको पहलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट एकपटक तेह्लाख ५० हजार, अर्काे पटक बाइस लाख ३६ हजार र तेस्रो पटक विस लाख, अध्यक्ष तामाङले दुई लाख ५८ हजार ७५८ रुपैयाँ सहयोग उपलब्ध गराइएको समितिले जनाएको छ ।

सो रकमबाट पार्कमा मुख्य बाटोको दुवैतर्फ फुल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्वल लगाउने, माइ काँकरभिट्टा लेख्ने, बेञ्च निर्माण, सिढी निर्माण, म्युजिक सिस्टम जडान गर्ने काम भएको छ ।

त्यस्तै बाटिकाको प्रवेशद्वारमा सुरुङगेट, पश्चिम दक्षिणमा भुईतला घर, ट्वाइलेट, पानीको फोहोरा, बाथरुम निर्माण, रंगरोगन, विजुलीतार जडान गरिएको छ । पार्कमा आउने पर्यटकका लागि स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष रामबहादुर तामाङले निर्माण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजेश राउतले गरेका थिए ।

 

 

पछिल्लो समाचार

वृद्धभत्ता अब चाँडै दिन्छौँ : मेयर बुढाथोकी

अघिल्लो समाचार

बुधबारे हटियाका घर टहरा डोजर लगाएर भत्काइयो

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.