बिर्तामोड, १४ जेठ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा पत्रकार लीला अनमोल चयन भएकी छन् ।
आज बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा ९ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो ।
झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् ।
नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम र कोषाध्यक्षमा सविना सुब्बा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुशीला संग्रौला, रेवतादेवी भट्टराई (आर्जु), अर्चना रिजाल, सेवन्ता घिमिरे छन् ।
सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष विमला तुङखेवाको अध्यक्षतामा झापा शाखाको नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित झापा अध्यक्ष अनमोलले जानकारी दिइन् ।




Discussion about this post