मेचीनगर, २२ जेठ । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले मेचीनगरको धाइजनमा आजदेखि सांस्कृतिक तथा सांगीतिक महोत्सव सुरु भएको छ ।
तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठान मेचीनगर–१४ को आयोजनामा यही जेठ २२ गतेदेखि ३१ गतेसम्म धाइजन–दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सुरु भएको हो ।
स्थानीय क्षेत्रको पहिचान तथा प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको महोत्सव संयोजक सुरेश बुढाथोकीले जानकारी दिए ।
धाइजन चोक उत्तरमा महोत्सव स्थलको तयारी थालिएको छ । महोत्सवमा २० वटा भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए ।
महोत्सव अवधिभर राष्ट्रि«य तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहनेछ । साँझ ७ बजेपछि सांगीतिक कार्यक्रम आयोजना हुने जनाएको छ । महोत्सवको प्रवेश शुल्क १०० रुपैयाँ छ ।
महोत्वसमा चर्चित राष्ट्रिय कलाकार सुगम पोखरेल, ज्योति मगर, रचना रिमाल, जिबफ लगायत अन्य कलाकारहरको प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए ।
Discussion about this post