भाेलिदेखि बिहानीपख विद्यालय खुल्ने

मेचीनगर, २४ जेठ । मेचीनगरमा अत्यधिक गर्मीका कारण  एकहप्तादेखि बन्द भएका विद्यालयहरू विहीबार विहानीपखबाट सञ्चालन हुने भएका छन् ।
मेचीनगर नगरपालिकाकाे शिक्षा शाखाले आज सूचना जारी गरेर मौसम परिवर्तन नभएसम्म बिहानी कक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

मेचिनगरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, प्याब्सन तथा एनप्याब्सनका प्रमुखहरूको रायसुझावका आधारमा बिहान ६ बजेदेखि १० बजेसम्म कक्षा सञ्चालन गर्न अनुरोध गरेको शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारीले जानकारी दिए ।

झापामा अत्यधिक गर्मीका कारण अधिकांश विद्यालयहरु एकहप्तादेखि बन्द अवस्थामा छन् ।

Related Posts

Discussion about this post

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.