धाइजन, २४ जेठ । मेचीनगरको धाइजन–दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा कलाकारको बेजोड प्रस्तुतिले दर्शकको घुँइचो बढेको छ ।
यही जेठ २२ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतीले आगन्तुक दर्शकको घुँइचो बढेको हो ।
२३ गते रास्ट्रिय कलाकार बिन्दु परियारले महोत्सवमा आगन्तुकलाई छ्मछ्मी नचाइन् । महोत्सव सुरुवातीकै पहिलो रास्ट्रिय कलाकारको रुपमा प्रस्तुत भएकी परियारले सहभागी दर्शकलाई दुई घण्टा नचाइन् ।
सहभागीको आग्रहमा गीत प्रस्तुत गरेकी कलाकार परियारले अझ उनीहरुको मन तान्न सफल भएकी थिइन् । २४ गते रास्ट्रिय कलाकार प्रिती आलेको बेजोड प्रस्तुति रहेको थियो भने २५ गतेदेखि चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकको भनाई छ ।
चर्चित कलाकारहरु शिव परियार, जिवब, लाहुरे, श्रीकृष्ण लुइँटेल, प्रिती आले, कमल खत्री, ज्योती मगर, रचना रिमाल लागायतका दर्जनौं कलाकारको बेजोड प्रस्तुती रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए ।
स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि २० वटा स्टल छ भने आगन्तुकलाई भरपुर मनोरंजन गराउन रोटेपिङ, रेलचडी, घुम्ने कार, जम्प लगायतका खेल तमासाको व्यवस्थापन गरिएको छ ।
महोत्सव अवधिभर ६ वर्षसम्मका स–साना नानीबाबु, अनाथ, अपाङ्ग, दृष्टीबिहिन र ८० वर्षमाथिका बृद्वबृद्दालाई महोत्सवमा प्रवेश निःशुल्क गरिएको राउतले बताए ।
११ दिनसम्म सञ्चालन हुने महोत्सव अवधिभर इलाका प्रहरी कार्यालाय धुलाबारी र प्रहरी चौकी चारआली साथै अंकित सेक्युरिटी सर्भिस प्रालिले सुरक्षा दिइरहेको प्रालिका प्रोपाइटर बद्री महतले बताए ।




Discussion about this post