मेचीनगर, २६ जेठ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा चालिस वटा केन्द्रहरुमा वर्षा मापन भएको छ ।
४० वटा केन्द्रहरु मध्ये सबैभन्दा बढी ६३.२ मिलिमिटर वर्षा झापाको अनारमनी विर्ता केन्द्रमा भएको छ ।
विभागले मानव सञ्चालित ७६ र स्वचालित १९६ केन्द्रहरुमा वर्षा मापन गर्दछ ।
तीमध्ये ७ वटा केन्द्रहरुमा १० मि.मि.भन्दा बढी, ४ वटा केन्द्रहरुमा २५ मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।
झापामा अत्याधिक गर्मीका बावजुद बिर्तामोड नगरपालिका क्षेत्रभित्र विहीबार रातिदेखि शुक्रबार विहानसम्म मेघगर्जनका साथ वर्षा भएको थियो ।
झापामा उच्चतम तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । झापाको अन्य ठाउँमा भने वर्षा त्यति हुन सकेन । केहि ठाउँमा सामान्य वर्षा भएको छ ।
झापामा यसअघिको उच्चतम तापक्रम ३९ डिग्री सेल्सियस सम्म थियो । यसवर्ष ४२ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ ।
Discussion about this post