काँकरभिट्टा, २ असार । तुर्केनी स्पोटर्स क्लबले शुक्रबारबाट सुरु गरेको झापा जिल्लास्तरीय भेट्र«ान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रगढीले विजयी शुरुवात गरेको छ ।
मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा धुलाबारी भेट्र«ानलाई चन्द्रगढी भेट्रान क्लबले ५–३ को गोलअन्तरलपराजित गरेको थियो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख बुढाथोकीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले वर्षेनी थोरै भएपनि बजेट छुट्टाउने गरेको बताए ।
आजको खेल आयोजक तुर्केनी स्पोर्ट्स क्लब र भद्रपुर सिरिजंघा भेट्र«ान क्लबीच हुनेछ ।
प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने तुर्केनी स्पोटर्स क्लबका अध्यक्ष रामकुमार लिम्बुले जानकारी दिए ।
Discussion about this post