बिर्तामोड, ३ असार । सहकारी व्यवस्थापक क्लब झापाको अध्यक्षमा मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले सर्वसम्मत चयन भएका छन् ।
शनिबार बिर्तामोडमा भएको प्रथम अधिवेशनले बगालेको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा कञ्चनजंघा सहकारीका निलकण्ठ निरौला, महासचिवमा सतासी सहकारीका सन्तोषकुमार श्रेष्ठ र कोषाध्यक्षमा प्रज्वला अपाङ्ग सहकारीका तुलसा कुँबरलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा भद्रपुर सहकारीका कृष्ण ढुंगाना, साझा बहुउद्देश्यीय सहकारीका विष्णुप्रसाद चुँडाल, शिखर सहकारीका लीलानाथ रेग्मी, मेचीनगर सहकारीका मानस सिटौला, शुभलक्ष्मी सहकारीका तीलकबहादुर कार्की, मेची मासु उत्पादक तथा सहकारीका अनिता गुरागाईं र चौतारी सहकारीका विवेक राई चयन भएका हुन् ।
उनीहरुलाई बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सपथ गराएका थिए । राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सहकारी व्यवस्थापक क्लबले पहिलो पटक कार्यशाला आयोजना गरेको थियो ।
कार्यशालाको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए । कार्यशालामा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष बगालेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निलकण्ठ निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।
Discussion about this post