५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरका दुग्ध उत्पादन किसानलाई अनुदान

असार ३, २०८०, ४:०९ .आइतवार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ असार । कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा दुध उत्पादनमा सक्रिय साना किसानलाई अनुदान रकम वितरण गरेको छ ।

किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सो अनुदान वितरण गरेको हो ।

आइतबार रितिका डेरी उद्योग मेचीनगर–१२ मा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारले पहिलो पटक प्रतिलिटर दुई रुपैयाँ पर्ने गरी दिएको अनुदानबाट झापा र इलामका ३६ सय भन्दा बढी घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले पहिलोपटक यस कार्यक्रम ल्याएको हो । जसमा आज मात्रै ४७ लाख १८ हजार भन्दा बढी रकम अनुदान स्वरुप वितरण गरिएको छ ।

रितिका डेरीमा दुध दिँदै आएका किसानहरुलाई सो अनुदान वितरण गरिएको हो । डेरीले झापा र इलामका अधिकांश स्थानबाट दैनिक ३० हजार लिटर दुध संकलन गर्छ ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादन तथा संकलन गर्ने सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म तथा दुग्ध उत्पादन समुहहरुलाई एकमुष्ट अनुदान रकम वितरण गरिएको हो ।

अब यी सम्पूर्ण संस्थाहरुले आफुलाई दुध उपलब्ध गराउने किसान समक्ष यो रकम पुर्याउनेछन् । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले किसानले उत्पादन गर्ने दुधको आधारमा अनुदान दिइँदा सम्पूर्ण किसान लाभान्वित हुने बताए ।

‘यो आम किसानका लागि अत्यन्तै महत्वपूर्ण योजना हो, पहुँच नभएका तर हरेक समय आफ्नै माटोमा परिश्रम गर्ने किसान चौतर्फी मारमा परिरहेका बेला यस्तो कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा पनि हो । अब प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्छ,’ उनले भने ।

किसानको क्षेत्रमा स्थानीय तहले पनि कस्ता कार्यक्रम ल्याउने भन्ने बारे छलफल भइरहेको मेयर बुढाथोकीले बताए । कार्यक्रममा किसानका तर्फबाट योगेन्द्र खनाल, बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र भण्डारी, मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रितिका डेरी उद्योगका संस्थापक अध्यक्ष घनश्याम चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डेरीका सञ्चालक राजन चिमरियाले स्वागत र सञ्चालन व्यवस्थापक योगेन्द्र चिमरियाले गरेका थिए ।

सोही अवसरमा रितिका डेरीका सञ्चालक चिमरियाले दुग्ध व्यवसायको क्षेत्रमा सहयोग गरेका भारत पश्चिम बंगाल निवासी हरेशप्रताप सिंहलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेका थिए ।

पछिल्लो समाचार

पन्ध्र वटै वडामा ल्याब सेवा विस्तार गरिदैँ

अघिल्लो समाचार

कांग्रेसले बुझायाे वडा ९ र १० मा माग पत्र

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.