दमक, ५ असार । दमकको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईमा कार्यरत तीन जना कर्मचारी घुसहित पक्राउ परेका छन् ।
आज दिउसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
Discussion about this post