मेचीनगर, ६ असार । प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित झापाली पत्रकारहरु पुरस्कृत भएका छन् ।
आज काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित चौतरीको वार्षिक साधारण सभामा हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जनलाई राइजिङ स्टारबाट सम्मान गरिएको हो ।
सो पुरस्कारको नगद राशी जनही ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पुरस्कारसहित सम्मान गरेका थिए ।
Discussion about this post