झापा, १३ असार । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको छैठौं पूर्ण बैठकले मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी तोकेको छ ।
बैठकले राष्ट्रिय युवा संघ मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा श्रेष्ठलाई जिम्मेवारी तोकेको छ । वैठकले विभिन्न निर्णयहरु गरेको छ ।
मेचीनगरको सम्मेलन आयोजक कमिटी सदस्यमा नगरका १५ वटै वडा अध्यक्षहरुलाई सदस्य बनाउने निर्णय भएको बैठकमा सहभागी राष्ट्रिय युवा संघ झापा क्षेत्र नं.१ का इञ्चार्ज सरोज मेहराले बताए ।
मेचीनगरमा लामो समयदेखि कमिटी विहीन भएको भन्दै युवा संघ झापाका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठलाई संयोजक तोकिएको छ ।
यसैगरी, बैठकले राष्ट्रिय युवा संघ हल्दिबारी सम्मेलन आयोजक कमिटीको संयोजकमा चन्दा पाठकलाई जिम्मेवारी दिएको छ ।
युवा संघको बैठकले चार महिने ‘मिसन इलेक्सन टार्गेट न्यू जेनेरेसन’ अन्तर्गत १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी संगठित गराउने उद्देश्य राखिएको छ ।
युवा संघका झापा अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा सम्पन्न बैठकसँगै प्रशिक्षणात्मक कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सचिव अनिता कङ्दम्बा, केन्द्रीय सदस्यहरु खगेन्द्र आङ्दाम्बे, सागर पोर्तेल, रोजिना पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post