मेचीनगर, १४ असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् ।
विहीबार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् ।
नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (तलव भत्ता) मध्ये तीन महिनाको रकम करिब एक लाख भन्दा बढी रमकम बार्षिक रूपमा कोषलाई दिने घोषणा गरेका छन् ।
शैक्षिक कोषलाई नागरिक स्तरबाट सञ्चालन गर्ने गरी नगर शैक्षिक कोषको अवधारणा ल्याइएको उनले बताए । साथै यस अभियानमा सबै नागरिकले सहभागिता जनाउन सक्ने उनको भनाई छ ।
Discussion about this post