४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडमा ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’

असार १६, २०८०, ७:१७ .शनिबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ असार । पूर्वी नेपाललाई मुख्यत भारतको सीमावर्ती बजारमा स्वास्थ्य पर्यटनको गन्तव्यको रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले दुवै देशका पर्यटन व्यवसायीसँग सरोकारवाला निकायले छलफल गरेको छ ।

आज बिर्तामोड स्थित आदर्श ब्याङ्क्वेटमा पर्यटन बार्डको आयोजना, बिर्तामोड नगरपालिकाको सहकार्य, होटल व्यवसायी संघ झापा, नेपाल एशोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) र कोशी प्रदेशको सहआयोजनामा ‘हेल्थ टुरिजम प्रोमोशन’ कार्यक्रम भएको हो ।

सो कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईले गरेकी हुन् । कार्यक्रमले स्वास्थ्य सेवा प्रदायक, विरामी र पर्यटन उद्योग लगायत विभिन्न सरोकारवालालाई फाइदा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

कार्यक्रमले भारतीय बिरामीहरुलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वाताबरण बनाउने उद्देश्य समेत राखेको छ । हेल्थ टुरिजम प्रमोशन कार्यक्रममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन ब्यवसायीहरुले आ–आफ्ना ब्यवसाय प्रवर्धनका सामाग्रीसहित ४० वटा भन्दा बढी स्टलहरु राखेका थिए ।

कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, स्वास्थ्य क्षेत्रका सञ्चालक, डाक्टर, सञ्चारकर्मी लगायतको सहभागिता रहेका थियो ।
यसैबीच उद्घाटन कार्यक्रमपछि प्यानल डिस्कसन पनि गरिएको थियो । स्वास्थ्य पर्यटन र क्रस बोडरका चुनौति र सम्भावना विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

स्वास्थ्य पर्यटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य कृष्ण साह, होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठ, पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.विरेन्द्र यादव र दृष्टी आँखा अस्पतालका सदस्य सचिव डा.अजित सहभागी थिए । सो कार्यक्रमको सहजकर्ताका रुपमा पत्रकार लक्ष्मी उप्रेतीले गरेका थिए ।

यसैगरी पर्यटनमा क्रस बोडरका चुनौति र सम्भावना विषयमा भारतका हिमालय हस्पिटालिटी एण्ड डेभलपमेन्ट नेटवर्कका सदस्य ओसम लेप्चा, इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर अपरेटर अफ एशोसियसनका सदस्य सुब्रतो मजुमदार तथा नेपा टुरिजम बोर्डका प्रबन्धक सुर्य थपलिया र उद्योग बाणिज्य महासंघ कोशी प्रदेश पर्यटन तथा हवाई समिति संयोजक भविस श्रेष्ठ सहभागि थिए । सो कार्यक्रमको सहजकर्ताका रुपमा पर्यटन कार्यालय काँकरभिट्टा कर्मचारी निरोज कट्टेलले गरेका थिए ।

उनीहरुले होटल, स्वास्थ्य क्षेत्र तथा भारत र नेपालको सरकार, पर्यटन व्यवसायी लगायत सबै क्षेत्रको सहकार्य भएमा मात्र ‘हेल्थ टुरिजम प्रोमोशन’ गर्न सकिने निश्कर्ष निकालेका थिए ।

होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत तथा औचित्य माथि नाट्टा कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नाट्टा कोशी प्रदेशका महासचिव नबिन खरेलले गरेका थिए ।

पछिल्लो समाचार

रोटरीले पुर्याइदियो मेजसा विद्यालयमा शुद्ध पिउने पानी

अघिल्लो समाचार

पालिका कर्मचारीबाटै ठगिए माछा किसान

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.