झापा, १७ असार । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।
अब दलहरुले २१ असार सम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नु पर्नेछ ।
शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
Discussion about this post