काँकरभिट्टा, १८ असार । साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ ।
उनको अमेरिकी समय अनुसार आइतवार विहान ३ बजे उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा छन् ।
उनकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।
अमेरिका गएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी परेका थिए । उनलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर अमेरिकाको अस्पतालमा उपचार भइरहेको थियो ।
साहित्यकार खरेलको उपन्यास, कथा, निबन्ध, हाँस्य व्यंग्य, कविता, एकांकी लगायतका थुप्रै कृति प्रकाशित छन् ।
Discussion about this post