मेचीनगर, १८ असार । मेचीनगर–१० स्थित धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक जना वृद्धाको मृत्यु भएको छ ।
आज महानन्द टोल स्थित छिमेकीको आँगनमा फुल टिप्न हिँडिरहेकी ८० वर्षीया पन्नादेवी साह विहान ४ बजेतिर जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।
हात्तीले कुल्चेर उनको घटनास्थलमै मृत्यु भएको मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले बताए ।
‘बजारतिर हात्ती पसेको खबर सुनेपछि गाउँलेहरुलाई सतर्क हुन भनेर भन्दै थिएँ,’ वडाध्यक्ष खनालले भने–‘उहाँ (पन्नादेवी) फुल टिप्दै हुनु हुँदोरहेछ । हात्ती छेउमै आइसक्दा पनि भाग्न सक्नु भएन ।’
इलाका प्रहरी कार्यालय धुलाबारीबाट आएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेको छ ।
Discussion about this post