झापा, १९ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
भारतबाट मूल्य घटेर आएको जनाउँदै सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर क्रमश : ७ रुपैयाँ ५० पैसाका दरले मुल्य घटाएको होे ।
अब पेट्रोल प्रति लिटर १६७ रुपैयाँ ५० पैसामा पाइने भएको छ । डिजेल र मट्टितेल प्रति लिटर १४७ रुपैयाँ ५० पैसाका दरले बिक्री हुने भएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै मुल्य घटाइएको जानकारी दिएको छ ।
प्रति लिटर मूल्य पहिलो वर्गको डिपोका लागि मात्र हो । अरु डिपोमा फरक दाम तय गरिएको छ ।
पहिलो वर्गको डिपोमा चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी पर्दछन् । खाना पकाउने ग्यासको मूल्य भने स्थिर नै रहेको छ ।
Discussion about this post