मेचीनगर, २० असार । मेचीनगरमा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी सडक कालोपत्रे बनेको छ ।
नगरपालिकाले आफ्नो, प्रदेश र संघिय सरकारबाट प्राप्त बजेटबाट नगरका बिभिन्न स्थानका साे सडक कालोपत्रे बनेकाे हो ।
नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाएको छ ।
मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले नगरमा ३० किलोमिटर सडकमा कालोपत्रे गरिसकिएको बताए ।
उनले संघ र प्रदेशको सरशर्थ अनुदानबाट मेचीनगर-१०, ६, ७ र ८ को चार वटा स्थानमा करिब २.५ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरण रहेको बताए ।
त्यस्तै झापा मार्गमा १२ सय मिटर र पुस्प लाल मार्गमा १ किलोमिटर निर्माण कार्य पनि अन्तिम चरण रहेको उनकाे भनाई छ ।
नगरपालिकाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्धन, खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको छ ।
Discussion about this post