झापा, २० असार । गौरीगञ्जमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी कञ्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएका बेला उनीहरूमाथि चट्याङ लागेको थियो ।
घाइते हुनेहरूमा सोही ठाउँका मजेबुल आलमका १६ वर्षीय छोरा मनिजुर आलम र भारत फूलबारी घर भई हाल सोही ठाउँ बस्दै आएका २० वर्षीय शिकन्दर आलम छन् ।
उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ ।
Discussion about this post