झापा, २१ असार । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल विहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २।९ प्रतिशत रहेको बोर्डले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २।८ देखि ३।२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २।४ देखि २। ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २।४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
एसईईमा १।६ देखि २।० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १।२० देखि १।६० जीपीए ल्याउने ३८ हजार ७७० र ०।८० देखि १।२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।
एन ए एग्रिगेड १३ हजार ९९२ जना रहेका छन् । जसले पुन: परीक्षा दिनुपर्नेछ ।
Discussion about this post