बिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिका–५ स्थित एमिटी कलेजले विद्यालयका छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा आज कलेज परिसरमा महिला हिंसा विरुद्ध एक दिवसीय आत्मरक्षा कला प्रशिक्षण प्रदान गरिएको हो ।
बिद्यालयका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत कलेजका को–अडिनेटर विनोद साहले गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी र झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता तथा कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की (दुर्वासा) ले छात्राहरुलाई आत्मरक्षाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन एमिटी कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवासले गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा कलेजका कक्षा १२ र बिबिएस अध्ययनरत एकसय भन्दा बढी छात्राहरुको सहभागीता रहेको थियो । छात्राहरुलाई कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवास, कराँते महासंघ झापा कोषाध्यक्ष रेनुका राई, झापा सदस्य एलिजा खत्री, नेशनल राष्ट्रिय कराँते खेलाडी सञ्जीवनी कार्कीले आत्मरक्षा प्रशिक्षण दिएका थिए । कलेजका खेल प्रशिक्षक खवासले आत्मरक्षा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
नर्सरीदेखि बिबिएससम्म अध्यापन हुँदै आएको विद्यालयमा एक हजार २ सय भन्दा बढी बिद्यार्थी र एक सय २८ जना शिक्षक, शिक्षिका तथा कर्मचारी रहेको प्रिन्सिपल ढकालले बताए । बिर्तामोड नगरकै अंग्रेजी माध्यमबाट अध्यापन गराउने पहिलो विद्यालय एमिटी नै भएको प्रिन्सिपल ढकालले दावी गरे ।
२०५६ सालदेखि कक्षा ११ बाट सुरु गरेको अध्यापन २०५९ मा बिबिएस हुँदै २०६१ सालमा नर्सरीदेखि हाल बिबिएस सम्मको अध्यापन गराउँदै आएको उनले बताए ।
कलेजमा अंग्रेजी शुद्धता, ब्यहारिक शिक्षामा जोड, अतिरिक्त क्रियाकलाप, अतिरिक्त स्कील, शतप्रतिशत नतिजा निकाल्न सफल लगायतका बिशेषता रहेको उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका कर्मचारी दुर्गाराज निरौला, कलेजकी प्रशासकीय प्रमुख केशवी ढकाल, ब्यवस्थापन सदस्य सरस्वती ढकाल, ममताकुमारी साह लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post