झापा, २१ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले तत्काल प्रदेशको नाम नफेरिने प्रष्टीकरण दिएका छन् ।
आज दिउसो मुख्यमन्त्रीको रुपमा नियुक्त भएपछि पत्रकारसँग उनले तत्काल कोशी प्रदेशको नाम परिवर्तन नहुने दावी गरे ।
‘पहिचानवादीको मुद्दालाई सम्बोधन हुनेछ’, मुख्यमन्त्री थापाले भने–‘वार्ता समिति बनाएर पहिचान पक्ष धरहरूको माग सम्बोधन हुन्छ ।’
कोशी प्रदेश गठबन्धनकै नेतृत्वमा ४ वर्ष सरकार चल्ने उनको भनाई छ ।
Discussion about this post