२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीको राहतकोष

८० हजार सदस्यको विना सूचना पैसा काटियो

साउन १, २०८०, ५:०५ .सोमवार
0
0
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले विना जानकारी ८० हजार सदस्यको खाताबाट सात सयका दरले पाँच करोड ६० लाख रकम कटौती गरेको छ ।

एनएमसीका केहि सदस्यहरुले राहत कोषको नाममा सात सय रुपैयाँ विना जानकारी काटेको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । रकम काटेको विषय सामाजिक संजालमा प्रश्न र आलोचना भइरहेको छ ।

मेचीनगरका डिल्लीराम उप्रेतीले आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट ७०० रुपैयाँ काटिएको थाहा पाए । खाताबाट रकम काटिएको विषयमा एनएमसीको चारआली शाखामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्रधान कार्यालयबाटै काटिएर आएको बताएका थिए ।

हिजो दिउँसो काटिएको पैसाको मेसेज आज साँझ ६ वजे आएको उनले बताए । एनएमसीको प्रधान कार्यालयका एक कर्मचारीका अनुसार एकलाख ५२ हजार सदस्य मध्ये अहिलेसम्म ८० हजार सदस्यको राहत कोषका लागि ७०० का दरले पैसा काटिएको बताइएको छ ।

एनएमसीको भर्खरै पदभार समालेका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले एक हजार भन्दा माथि रहेका सदस्यको राहत कोषका लागि रकम काटिएको बताए । साधारण सभाको निर्णय अनुसार नै सो रकम कटाएको उनको भनाई छ ।

सदस्यलाई विना जानकारी रकम काटिएको विषयमा प्रश्न गर्दा अध्यक्ष शिवाकोटीले प्राविधिक कारणले मेसेज आउँन ढिला भएको दावी गरे । उनले सिस्टममा हालेपछि एनसेल वा एनटिसीमा हालेर मेसेज पठाउने काम टेलिकमको रहेको बताए । टेलिकमले सदस्यलाई मेसेज पठाउन ढिलो गरेको उनको भनाई छ ।

आइतबार दिउँसो काटिएको पैसाको मेसेज सोमबार साँझ मात्र सदस्यहरुको मोवाइलमा भटाभट आउँन थालेको छ । यदि कोहि सदस्य यस कोषमा बस्न इच्छुक नहुनेले निवेदन दिए रकम फिर्ता गरिने कार्यालयले जनाएको छ ।

एक हजार माथिका करिव एकलाख भन्दा बढी सदस्यको बार्षिक रुपमा उठ्ने ७ करोड भन्दा बढी रकमका विषयमा सोध्दा अध्यक्ष शिवाकोटीले भने–‘नेपाल सरकारले नागरिकबाट ३५ सय लिएर बार्षिक स्वास्थ्य बीमा कार्यक्रम गरे जस्तै हो । राहात कोष मार्फत सदस्यको मृत्यु भएमा ५० हजार, एकाघर परिवारमा सुध्याईं खर्चबापत १० हजार लगायतका सेवा दिने गरिएको छ । अर्को वर्षका लागि फेरि ७०० रुपैयाँ तिरेर नविकरण गर्नु पर्छ ।’

पछिल्लो समाचार

पानीटंकीमा महेन्द्र पार्टसको शोरुम

अघिल्लो समाचार

अदालतले भन्यो–मुख्य राजमार्गमा चेकजाँच नगर्नु

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.