३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उत्कृष्ट प्रतिभा पुरस्कृत

दुई श्रष्ठालाई साहित्य चौतारीको सम्मान

साउन २, २०८०, ३:४५ .मङ्लबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २ साउन । साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ ।

२४ औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्र संग्रौला सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल र साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले पौडेल र संग्रौलालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा साहित्यकार मञ्जिलले साहित्य संगीत र कलाको क्षेत्रमा आफूलाई अहोरात्र समर्पित गरेका देवीभक्त श्रेष्ठ लगायतका विशिष्ट प्रतिभालाई चिन्न र तिनको योगदानलाई कदर गर्ने मामिलामा नेपाल प्रज्ञा प्रतिष्ठान समेत चुकेको बताए ।

साहित्यकार संग्रौलाले संरक्षक श्रेष्ठलाई साहित्यिक पिताको उपमा दिँदै कला, संस्कृति र भाषाको संरक्षणमा लागिरहने व्यक्तित्वका रुपमा चित्रित गरे ।

कार्यक्रममा संरक्षक श्रेष्ठले स्वागत गीत प्रस्तुत गर्दै रामायण वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार तथा लेखक लीला उदासी, भवानी क्षेत्री, शुभद्रा भट्टराई, दीपक सुवेदी, युवराज काफ्ले (सिलिगुढी) लगायतले बोलेका थिए ।

चौतारीका पूर्व अध्यक्ष टंक विकल्प र दुःखी महल तिम्सिना र कविता पौडेल (आसम भारत) ले कविता वाचन गरेका थिए भने विवश बलिभद्र कोइराला र दीपा दाहालले गजल वाचन गरेका थिए ।

चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव खगिन्द्रा खुसीले गरेकी थिइन् ।

कार्यक्रममा संरक्षक उर्मिला विमली, सहसंरक्षक गौरव श्रेष्ठसहित आख्यानकार पुण्यप्रसाद खरेल, साहित्यकार डा. पुण्यप्रसाद सिग्देल, लीला अनमोल, रश्मिशेखर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

उत्कृष्ट प्रतिभा पुरस्कृत

साहित्य चौतारीले झापा र भोजपुरका १९ वटा विद्यालयमा लागू गरेको विद्यालयमा साहित्य चौतारी अभियान अन्तरगत विभिन्न चरणको प्रतिस्पर्धा पार गरेर उत्कृष्ट भएका विद्यार्थी पुरस्कृत भएका छन् ।

२४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट भएका विद्यार्थी पुरस्कृत भएका हुन् । विद्यालयमा साहित्य चौतारी अभियानका संयोजक भानुभक्त कुभिण्डेलीका अनुसार गायनतर्फ कनकाई मावि सुरुङ्गाकी दीया काफ्ले प्रथम, गौरीगञ्ज मावि गौरीगञ्जकी अवितामाया चेपाङ दोस्रो र दुर्गा मावि गरामनीका उमेश गौतम तृतीय भएका छन् ।

कवितातर्फ हिमालयन मावि दमककी गरिमा न्यौपाने प्रथम, महेन्द्ररत्न मावि समयगढकी दिलसा विक दोस्रो र जनता मावि गौरादहकी लीला खत्री तृतीय भएका छन् । उनीहरुलाई कार्यक्रमस्थलमा कविता लेख्न लगाइएको थियो ।

चित्रकलामा दुर्गा मावि गरामनीकी कृतिका मैनाली प्रथम, जनता मावि गौरादहका सागर तामाङ दोस्रो र झिलझिले मावि शिवसताक्षीकी सोनीया विक तृतीय भएका छन् ।

नृत्यतर्फ शान्ति आदर्श मावि बुद्धशान्तिकी विष्णु गहतराज प्रथम, भद्रपुर मावि की रेखा कार्की र युनिसा पुरी (सामुहिक नृत्य) द्वितीय, जनता मावि गौरादहका साकिरा श्रेष्ठ, सृष्टिका दाहाल, प्राप्ति दाहाल र नुमा लिम्बू (सामुहिक नृत्य) तृतीय र दुर्गा मावि गरामनीकी छात्रा मनिषा लामाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि मञ्जिलले उनीहरुलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

पछिल्लो समाचार

अदालतले भन्यो–मुख्य राजमार्गमा चेकजाँच नगर्नु

अघिल्लो समाचार

एचएमसीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.