९ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एचएमसीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित

साउन २, २०८०, ११:१८ .मङ्लबार
0
0
0
SHARES
414
VIEWS
Share on FacebookShare on Twitter
फोहोर पानी बगेको पैनी देखाउँदै मेचे ।
सशस्त्र प्रहरी चेकपोष्ट छेउबाट बगेको फोहोर पानी ।

।। अर्जुन कार्की ।।

मेचीनगर, २ साउन । होटल मेची क्राउन (एचएमसी) बाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित बनाएको छ ।

मेचीनगर–८ स्थित एचएमसीबाट बाहिर नाला (पैनी)मा निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित बनाएको हो ।

एचएमसीबाट निस्किने फोहोर पानी मेचीनगर–७ स्थित दक्षिणको कामती टोलसम्म पुग्ने गरेको छ । निन्दा खोलाको पूर्वदेखि होटल अगाडीको मुख्य सडक छेउबाट पूर्वपश्चिम राजमार्ग हुँदै दक्षिणको कामती टोलसम्म पैनीको पानी बग्ने गरेको छ ।

होटलको पूर्वपटि जोरसिमलको पशुपतिनाथ टोल, सशस्त्र प्रहरीको चेकपोष्ट, निर्माण व्यवसायी कार्यालय, स–साना चिया पसल तथा गृल कारखाना र उत्तर र दक्षिण तर्फका गाउँका स्थानीयहरु दुर्गन्धले पीडित बनेका छन् ।

हाम्रो माग सुनुवाई भएन : कार्यवाहक अध्यक्ष खरेल

‘फोहोर पानीको व्यवस्थापन गर्न एचएमसीका सञ्चालक र नगरपालिकामा पटक–पटक भनेका छौँ’, पशुपतिनाथ टोलका कार्यवाहक अध्यक्ष गणेशकुमार खरेलले भने–‘अहिलेसम्म सुनवाई भएको छैन ।’

‘नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकोले यस्तो दुषित पानीले महामारी फैलियो भने त्यसको जिम्मा कस्ले लिन्छ । गर्मीको बेला त झन दुर्गन्धले बसीनसक्नु हुन्छ’,–उनले भने ।

फिल्ट्रेशन गरेर समाधान गर्छु : सञ्चालक सापकोटा

स्थानीय प्रदिप ओली (गोविन्द) ले एचएमसीको अगाडी पटिको नयाँ बिल्डिङ निर्माण कार्य भइरहेका बेला सरकारलाई ईआइआइको रिपोर्ट दिनुपर्ने भएकाले त्यसका सञ्चालक बलराम सापकोटा (वले) ले स्थानीयलाई बोलाएर केहि समस्या छ भने भन्न आग्रह गरेको बताए ।

त्यसैबेला स्थानीयले सञ्चालक सापकोटालाई एचएमसीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्ध भएको विषय राखेको ओलीले जानकारी दिए । सञ्चालक सापकोटाले होटलबाट निस्किने फोहोर पानीका बारेमा चाँडै निकास दिने बचन दिएको उनले बताए । सापकोटाले स्थानीयलाई बाहिर दुर्गन्ध नआउँने गरी होटलमा नै फोहोर पानीको फिल्ट्रेशन गर्ने बाचा समेत गरेको ओलीको भनाई छ ।

कामती टोलका स्थानीय किसानहरुले त्यहि पैनीको पानी खेतीपातीमा लगाउने गरेका छन् भने गाई वस्तुहरुलाई समेत बेलाबेला त्यहि पैनीको पानी खुवाउँने गरिएको बताइएको छ ।

हात–खुट्टा चिलाउन थाल्यो : स्थानीय मेचे

जोरसिमलको मेचे गाउँका ६४ वर्षीय स्थानीय रतनलाल मेचे आफ्नो करेसा बारी छेउमा आइपुग्ने सो फोहोर पानीको  पैनी देखाउँदै भने–‘पहिला यो पैनीमा पानी सफा आउथ्यो । अहिले एकवर्ष बढी भयो कालो पानी आउँन थालेको छ । खेतीपाती गरेर आएपछि हात खुट्टा धुदा चिलाउन थालेको छ । हात खुट्टा चिलाएर कोतारेको घाउका फोकाहरु देखाउँदै भने गन्हाएर हैरान हुन्छ, मछेड उतिकै लाग्छ । हैजा रमहामारी फैलिने सम्भावना धेरै छ ।’

होटलले फोहोर व्यवस्थापन गर्नु पर्छ : वडाध्यक्षहरु

मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाले होटलबाट निस्किने फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्नु पर्ने बताए । कसैले पनि सार्वजनिक स्थलमा फोहोर फ्याक्न नहुने उनको सुझाव छ ।

‘होटलले फोहार खोलामा फाल्छन् भन्ने सुनेको छु’, उनले भने–‘जताततै फोहार फाल्न मिल्दैन । सम्बन्धित पक्षले व्यवस्थापन गर्नुपर्छ ।’
‘४÷५ महिनाअघि होटलबाट निस्किने फोहोर रामघाट नजिक नन्दा करिडोरमा राति–राति लुकेर फाल्ने गरेका रहेछन्’, १० नम्बर वडाका वडाध्यक्ष नारायण खनालले भने–‘मैले थाहा पाएपछि फोहोर ट्याक्टरमा हालेर पत्रकार बोलाएर होटल अगाडि फ्याकिदिन्छु भनेपछि त्यतापटि फ्याल्न छाडेका छन् । अहिले कतापटि फाल्छन् थाहा भएन । होटल अगाडिको पैनीबाट फोहोर पानी दक्षिण तिरबाट मेरो खेतमा जाने गरेको छ । जे भएपनि होटलले फोहोर व्यवस्थापन गर्नुपर्छ ।’

मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले होटलको फोहोर पानीले गाउँ दुर्गन्धित बनाएको गुनासो आएको बताए । ‘होटलले त्यस्तो कार्य बन्द गर्नुपर्छ’, वडाध्यक्ष ओली भने–‘मलाई त्यो विषयमा गुनासो आएको छ । ‘सम्बन्धीत पक्षलले त्यस्को निकास चाँडै दिनुपर्छ ।’

भोलि नै चिठ्ठी काटेर बोलाउँछु : मेयर बुढाथोकी

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी भन्छन्–‘सार्वजनिक स्थलमा प्रदुर्षण गर्नु र गाउँ नै दुर्गन्धित हुने गरी फोहोर फाल्ने छुट कसैलाई छैन । भोलि नै चिठ्ठी काटेर सम्बन्धीत पक्षलाई बोलाउने छु ।’

चाँडै समाधान गछौँ : मेनेजर साह

यस विषयमा सञ्चालक सापकोटालाई फोन सम्पर्क गर्न खोज्दा फोन स्वीचअफ रहेको छ । सो होटलका एनवल मेनेजर धिरज साहका अनुसार समस्या भएको स्वीकारेका छन् । उनले नयाँ बनाउँदै गरेको बिल्डिङमा त्यसको व्यवस्थापनका लागि फिलट्रेशन ट्याङ्की निर्माण भइरहेको बताए । ५÷६ महिनापछि यो समस्या हट्ने उनको दावी छ ।

फोहोर पानीले दुर्घन्धीत जोरसिमल दक्षिणको गाउँ ।
पछिल्लो समाचार

दुई श्रष्ठालाई साहित्य चौतारीको सम्मान

अघिल्लो समाचार

कर्मचारी विरुद्ध प्रसाईं कानुनी उपचारमा जाने

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.