५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कर्मचारी विरुद्ध प्रसाईं कानुनी उपचारमा जाने

साउन २, २०८०, २:१९ .मङ्लबार
0
0
0
SHARES
324
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ साउन । मेचीनगर–१० वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै धुलाबारी निवासी मिलनराज प्रसाईले कानूनसम्म पुग्ने बताएका छन् ।

वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर एक पक्षीय लेखिएको कागजमा दबावमुलक ढंगले हस्ताक्षर गर्न लगाएको र उक्त हस्ताक्षरित कागज सामाजिक सञ्जालमा हालेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनले कानुनी उपचार खोज्ने बताएका हुन् ।

गत असार २६ गते आफ्नी छोरी कमलाक्षी प्रसाईंको नागरिकता बनाउनका लागि आवश्यक कागजात लिन उनी वडा कार्यालय पुगेका थिए । उनकी छोरी शारीरिक रुपमा अशक्त छिन् । जसका कारण उनी वडा कार्यालयसम्म आउन सकिनन् । वडाले दिने कागजातमा छोरी स्वयमकै दायाँ बायाँको सही आवश्यक पर्ने भएकाले वडाध्यक्षको सल्लाहमा नागरिकताको ढड्डा वडाकै कर्मचारीको सहयोगमा उनले घरमा लगेका थिए ।

घरमा नानीले दायाँ बायाँको सही गरेसँगै उनी उक्त ढड्डा लिएर वडा कार्यालय आए । वडाध्यक्षको सहीछाप गराइसकेर दर्ता चलानी, छापका लागि उक्त कागजात कर्मचारी रोहितप्रसाद लुइँटेलको कार्यकक्षमा आइपुग्यो । त्यसक्रममा कर्मचारी लुइँटेलले ‘तपाईंले यो ढड्डा घर किन लग्नु भएको’ भनी प्रश्न गरे ।

‘विवाद यहाँबाट शुरु भयो, मैले नानी अशक्त छिन्, आउन सक्तिनन् भनेर भन्दा पनि उहाँले चलानी दिन मान्नुभएन,’ मंगलबार पत्रकार सम्मेलन गर्दै सेवाग्राही प्रसाईंले भने, ‘त्यसक्रममा कर्मचारी लुइँटेल र म बीचमा भनाभन भएकै हो, तर त्यस विषयलाई अतिरञ्जित गर्दै मेरो चरित्र हत्या गर्न खोजियो ।’

उनले बैठकमा भएको मान्युटको निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनु गलत भएको दाबी गरे । प्रसाईंले कर्मचारीको प्रवृत्ति विरुद्ध आफू उभिएको बताए । ‘सेवा प्रवाहका विषयमा मैले आवाज उठाएको हुँ,’ उनले भने, ‘सचेत नागरिकको त यो हालत छ अरुको के कुरा गर्नु ?’

मेचीनगर नगरपालिकाको सेवा प्रवाहका विषयमा नागरिकहरुले आवाज उठाउँदै आएका छन् । केही दिनअघि मेचीनगर नगरपालिका कार्यालयको कार्यकक्षमै एक कर्मचारीमाथि हातपात भएको थियो ।

पछिल्लो समाचार

एचएमसीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित

अघिल्लो समाचार

सदस्यको झिकेको पैसा खातामै फर्काइदिने निर्णय

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.