मेचीनगर, २ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ८० हजार सदस्यको खाताबाट कल्याणकारी कोषका लागि विना जाकारी झिकेको रकम फिर्ता गरिदिने भएको छ ।
एनएमसीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) लक्ष्मीप्रसाद उप्रेतीले आज साँझ एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।
संस्थाले केही दिन यता आफ्ना ८० हजार सदस्यको खाताबाट ७०० रुपैयाँ विवादास्पद कल्याणकारी कोषमा योगदान स्वरुप झिकेको जानकारी गराएपछि सदस्यहरु असन्तुष्ट भएका थिए ।
कतिपय असन्तुष्ट सदस्यले मंगलवार प्रधान कार्यालयमा नै गएर नसोधी झिकेको रकम फिर्ता मागेका थिए ।
सदस्यहरु सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा एनएमसीको कार्य बारे आलोचना भएपछि आज संस्थाले उक्त विवादास्पद कल्याणकारी कोष नै स्थगन गरेको जनाएको छ ।
सिईओ उप्रेतीले उक्त कोष बारेमा भविष्यमा सदस्यहरुसँग आवश्यक छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Discussion about this post