३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसी डेरीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित

साउन ३, २०८०, २:१३ .बुधबार
0
0
0
SHARES
390
VIEWS
Share on FacebookShare on Twitter
डेरीबाट पैनीमा खसालेको फोहोर पानी देखाउँदै स्थानीय ।

।। अर्जुन कार्की ।।

मेचीनगर, ३ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगबाट निस्किने फोहोर पानीले दुईवटा टोललाई नै दुर्गन्धित बनाएको छ ।

मेचीनगर–७ स्थित डेरी उद्योगबाट निस्किने केमिकल सहितको सेतो फोहोर पानीले ईच्छा टोल विकास र जोरसिमल टोल विकास समितिका करिव एकसय घर परिवार पीडित बनेका हुन् ।

वडा नम्बर ७ का मेलमिलाप समितिका सदस्य एवम् जोरसिमल टोलका स्थानीय नरपति काफ्लेले डेरीबाट निस्किएको फोहोर मुख्य राजमार्गको छेउको कल्पट मुनीको पैनीमा सिधै पाइप लगाएर खसाल्ने गरेको बताए ।

उनका अनुसार सो पैनीमा खसालेको फोहोर पानी दक्षिणतिर बग्ने गरेको छ । दक्षिणतिर बगेको फोहोर पानी गाउँमा गएर मिसिने गरेको छ ।

फोहोर पानीको व्यवस्थापनका लागि पटक–पटक नगरपालिका धाईयो सुनुवाई नभएको काफ्लेको भनाई छ । न्यायिक समितिमा दुवै पक्ष बसेर छलफल गरेर निर्णयमा पुग्दा पनि डेरीले कार्यान्वयन नगरेको उनको आरोप छ ।

न्यायिक समितिले पैनीमा औषधि छिट्ने, दिर्घकालिन समाधान लगायतको व्यवस्थापन गर्न डेरीलाई सुझाव दिइएको थियो । तर, सो निर्णय कार्यान्वयन नभएकोमा स्थानीय टोलबासीहरु चिन्तित बनेका छन् ।

पैनी छेउ घर भएकी स्थानीय मुना खड्काले भनिन्–‘डेरी उद्योग नहुँदा हामीलाई समस्या थिएन । डेरी आएपछि घरमा सबै विरामी हुन थाले । सधै पैनीमा फोहोर आउन थालेपछि गन्हाएर घरमा बसीसक्नु छैन । मौरीको गोला जस्तै मछेड घरभरी आउँछ । मछेडले टोकेर ७ वर्षको छोरा विरामी परेको छ । केमिकल जस्तो गन्ध धेरै आउने गर्छ ।’

‘रातदिन पीडा बोकेर बाँचिरहेका छौँ’, स्थानीय बमबहादुर खड्काले भने–‘हामीले डेरी उद्योग र नगरपालिका धेरै पटक धाईम तर, अहिलेसम्म सुनवाई भएको छैन । वर्खामा अलिक कम गन्हाउँछ । तर मछेडले छाडेको छैन । चैत र वैशाख तथा गर्मीको समयमा गन्हाएर घरमा बस्न सकिदैन ।’

एनएमसीका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् डेरी उद्योग समितिका संयोजक नारायण कोइरालाले ट्रिटमेन्ट प्लान्ट बिग्रेका कारण फोहोर पानी व्यवस्थापनमा समस्या भएको बताए ।

मेचीनगर–८ का वडा सदस्य एवम् न्यायिक समितिका सदस्य कुन्दन निरौलाले दुई महिनाअघि दुवै पक्षलाई राखेर यस विषयमा न्यायिक समितिमा छलफल भएको बताए । समितिले डेरीलाई ७ दिनभित्र फोहोर पानी व्यवस्थापन गर्न निर्देशन दिएको उनले बताए ।

‘गाउँले र डेरी उद्योगबीच चित्त बुझ्दो सहमति गर्नुपर्छ’, डेरीका कार्यालय प्रमुख नवराज अधिकारीले भने–‘यसको दिगो समाधानमा लाग्नु पर्छ ।’

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले डेरी उद्योगले गाउँ नै दुर्गन्धित हुने गरी पैनीको पानीमा फोहोर फाल्नु गैर कानुनी काम भएको बताए । फोहोरलाई सम्बन्धीत पक्षले नै व्यवस्थापन गर्नुपर्छ ।’ उनले दुवै पक्षलाई बोलाएर छलफलबाट समस्याको समाधान खोजिने बताए ।

डेरीले कल्पटको पैनीमा खसालेको फोहोर पानी ।

पछिल्लो समाचार

सदस्यको झिकेको पैसा खातामै फर्काइदिने निर्णय

अघिल्लो समाचार

दमकमा प्रदेशस्तरीय फुटसलको तयारी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.