४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्राविधिक शिक्षामा फड्को मार्दै मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट

साउन ५, २०८०, १:३६ .शुक्रबार
0
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ५ साउन । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ; मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय) ।

यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ ।

‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका साथ वि.सं.२०७७ सालमा स्थापना भइ पठनपाठन सुरु गरेको यस शिक्षालयले मेचीनगरमा मात्रै नभइ देशभरिमै आफ्नो प्रगतिलाई उजागर गरिरहेको छ ।

सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि (आइटी)को ३ वर्षे डिप्लोमा तहका विषयको अध्ययन हुँदै आएको छ । उक्त शिक्षालयमा तीनै विषयको अध्ययन हुन थालेपछि यस क्षेत्रका अभिभावकमात्रै होइन उक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुशी देखिएका छन् ।

मेचीनगर–१०, धुलाबारी चोकदेखि ढेड किलोमिटर दक्षिण सडकको नजिकै रहेको क्याम्पसको हाताभित्र रहेको शिक्षालयले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभइ यो ठाउँको चहलपहललाई पनि निकै रौनक बनाएको छ ।

कतैकतै फाट्टफुट्ट अस्थायी घरहरुमात्र देखिने यस ठाउँमा अहिले बाक्लै घरहरु बनेका छन् भने व्यापार व्यवसाय गरि आफ्नो जीवन निर्वाह गर्ने पनि बढ्न थालेको अनुभुत हुन्छ । प्रायः शिक्षालय वरिपरिका घरहरुमा भाडामा बस्ने विद्यार्थीहरुले गर्दा पछिल्लो समय सुनसान बन्दै गएको गाउँघर पनि यतिखेर रमाइलो र भरिभराउँ भएको त्यहाँका स्थानीयको भनाई छ ।

झापा, इलामदेखि जुम्ला जिल्लाका करिव २०० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यस शिक्षालयमा मास्टर लेवलका दक्ष जनशक्ति, शान्त वातावरण र उत्कृष्ट ल्यावहरु रहेका छन् ।

३ वर्षदेखि पढाई भएको यस शिक्षालयमा तीन वटै विषयका विद्यार्थीहरुले पाँचौँ सेमिस्टारको अध्ययन गरिरहेको इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले जानकारी दिए । छैठौँँ सेमिस्टारपछि विद्यार्थीहरु पासआउँट हुनेछन् । तेस्रो सेमिस्टारको परिक्षामा इन्स्टिच्युट कोशी प्रदेशकै उत्कृष्ट भएको मैनालीले बताए ।

उनले यदि कुनै पनि मानिसमा कुनै न कुनैको सीप भए उस्ले वेरोजगार बस्नु नपर्ने धारणा राखे । अहिलेको युग प्रविधिको युग भएकाले हरेक मानिसले प्रविधिलाई पछ्याउनु पर्ने उनको भनाई छ । शिक्षालयले विद्यार्थीहरुको लागि आवश्यक अत्याधुनिक प्रयोगशालाहरु, ई–वोर्ड, पुस्तकालयहरु रहेको छ ।

इन्स्टिच्युटका सदस्य एवम् धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेलले विद्यार्थीहरुले आफूले चाहेको विषय पढन टाढा–टाढा धाउनुपर्ने बाध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई हुँदा यहाँका विद्यार्थीलाई धेरै राहत मिलेको बताए । धुलावारी क्याम्पसकै हाताभित्रको सात विगाह जग्गामा प्राविधिक शिक्षालय सञ्चालनमा छ ।

प्रिन्सिपल मैनालीले तीन वटै कार्यक्रममा ४८÷४८÷४८ जना विद्यार्थीको कोटा रहेको बताए । प्राविधिक शिक्षामा सरकारी विद्यालयबाट ९ र १० कक्षा पास गरे एसईईमा १ दशमलव ६ जीपीए ल्याउँदा डिप्लोमा तहसम्म अध्ययन गर्ने अवसर रहेको बताए ।

विद्यार्थीहरुले विई अध्ययन गर्न सक्ने छन् भने पाँचौँ तहको सरकारी जागिरका लागि लोकसेवाबाट भिड्न सक्नेछन् ।

शिक्षालयमा स्कलरसिपको पनि व्यवस्था गरिएको छ । जस्मा ३ दशमलव ८ देखि ४ जीपीए ल्याउने विद्यार्थीलाई सेमिस्टारमा फुल स्कलरसिप, ३ दशमलव ६ देखि ३ दशमलव ७९ जीपीए ल्याउनेलाई ५० प्रतिशत स्कलरसिप र ३ दशमलव २ देखि ३ दशमलव ५९ जीपीए ल्याउनेलाई ५० प्रतिशत छुट हुनेछ ।

जम्मा शुल्क १ लाख ९० हजार लाग्ने छ भने एडमिशन फि ४० हजार लाग्ने बताइएको छ । वडा कार्यालयबाट सिफारिस भएर आएका विद्यार्थीहरुलाई एडमिशनमा २० हजार छुट हुने मैनालीले बताए । ।

मेचीनगरका नागरिकलाई विभिन्न विषयमा तालिम लिन चाहनेलाई ६५ दिनको निःशुल्क व्यवस्था गरिएको छ । इन्स्टिच्युटले नगरका २५० जनालाई वयरिङ, पलम्बर, डकर्मी, सिकर्मी लगायत विभिन्न तालिम निःशुल्क प्रदान गरेको छ ।

पछिल्लो समाचार

कोशी प्रदेशभरी फैलियो डेंगु

अघिल्लो समाचार

१०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.