झापा, १२ साउन । प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतले विहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।
Discussion about this post