२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तक्षशीलामा विदेशीस्तरको पढाई

साउन १२, २०८०, ६:११ .शुक्रबार
0
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ साउन । झापामा नै पहिलो पटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आवद्ध भएको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले थप सेवा विस्तार गरेको छ ।

बिर्तामोड–६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले राजधानी बाहिर झापामा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गरेको छ ।

विहीबारदेखि स्कुलले स्वीमिङ पुल, नयाँ स्मार्ट कक्षा कोठा, लाइब्रेरी लगायतका सुविधाहरु थप गरेको छ । विद्यार्थीहरुलाई स्वीमिङ सिकाउनका लागि विद्यालयले स्वीमिङ पुल निर्माण गरेको छ । स्वीमिङ पुलमा शिक्षक राखेर पौडिन सिकाउने स्कुलले जनाएको छ ।

स्वीमिङ पुल, नयाँ स्मार्ट कक्षा कोठा, लाइब्रेरीको स्कुलका सञ्चालक दुर्गा प्रसाईले उद्घाटन गरेका थिए । उनले काठमाडौं, विराटनगर लगायतका जिल्ला बाहिरका विद्याथीहरुलाई समेत लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको विद्यालय आफूहरुले सञ्चालन गरेको बताए । उनले भारतको दार्जिलिङभन्दा राम्रो शिक्षा दिने आफूहरुको योजना रहेको जानकारी दिए ।

कार्यक्रममा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । कक्षा १ का महिला शिक्षकहरु शक्तिकुमारी तामाङ, अनिमा गिरीले स्कुलमा हुने गरेको पठन–पाठनको शैलीबारे जानकारी दिएका थिए । उनीहरुले विद्यार्थीहरु विदाका दिन पनि घरमा बस्न नमानी विद्यालयमै जान खोज्ने गरी आफूहरुले वातावरण बनाएको बताए । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

स्कुलमा ८० जनाभन्दा बढी विद्यार्थी अट्ने क्षमता भएको लाइब्रेरी निर्माण गरिएको छ । स्कुलका एकाडेमिक डाइरेक्टर डा. भिक्टोर इग्नेसियस जोन जोसेफले लाइब्रेरीमा ३ हजारभन्दा बढी पुस्तक राखिएको बताए ।

त्यस्तै कक्षा १ का विद्यार्थीहरुका लागि तीन वटा स्मार्ट कक्षा कोठा निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा भएको एउटा कक्षा कोठामा २० जनाका दरले अट्नेगरी ३ वटा कक्षा कोठा निर्माण गरिएको डा.जोसेफले बताए । बेलायतको क्याम्ब्रिजसँगै तक्षशीला ब्रिटिश काउन्सिलसँग पनि आवद्ध भएको छ ।

ब्रिटिश काउन्सिलको एम्बासेडर भएको डा.जोसेफले बताए । उक्त स्कुल भारत आन्ध्र प्रदेशको एस. आर. एम. युनिभर्सिटीसँग आवद्ध भएको छ भने स्वीडेनको लिटल आइन्सटाइनसँग पनि आवद्धता जनाएको बताएका छ । स्कुलले आगामी सरस्वती पूजादेखि मोन्टेश्वरी कक्षा सञ्चालन गर्ने भएको छ ।

स्कुलले क्लिनिक, विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न मल्टिपर्पोज हल पनि निर्माण गर्न लागेको जनाएको छ । स्कुलमा अध्ययनरत विद्यार्थीहरुका लागि बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट गराउने सहमती समेत भएको डा.जोसेफले जानकारी दिए ।

हरेक कक्षा कोठामा अलग–अलग थिमअनुसार डेकोरेशन गरिएको छ । विद्यार्थीहरुलाई पेन्सिल, जंगल र पानीमुनि बसेको जस्तो अनुभूति गराउने गरी कक्षा कोठा तयार गरिएको उनको भनाई छ ।

तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल १७ वर्ष अघिदेखि स्थापना भएको हो । स्कुल विगत ६ महिनादेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा रहेको छ ।

 

पछिल्लो समाचार

होराइजनमा शिक्षकहरुलाई एक महिने तालिम

अघिल्लो समाचार

कोशीको मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.