मेचीनगर, ११ साउन । धुलाबारी स्थित इष्ट होराइजन माविले प्राथमिक तहका महिला शिक्षकहरुलाई एक महिनाका लागि आधारभूत तालिम दिन सुरु गरेको छ ।
ईसीडी शिक्षकदेखी प्राथमिक तहका शिक्षकहरुलाई अहिलेको व्यवहारिक शिक्षा, जीवन उपयोगी शिक्षा कसरी दिने र कक्षाकोठा व्यवस्थापन, सहभागीता मूलक सिकाई विद्यार्थीहरुमा भएको प्रतिभाको पहिचान गरी प्रतिभाहरुलाई प्रस्तुती गर्नका लागि उत्प्रेरणा दिन यस खालको एक महिने तालिम आयोजना गरिएको इष्ट होराइजनका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।
सो आधारभूत तालिममा एक महिने प्याकेज बनाएर शिक्षकहरुलाई सहजीकरण गर्ने कुरा बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेल, अनुशासन समिति इन्चार्ज प्रेम नारायण डाँगी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालय समन्वय शिक्षक तुलसीराम घिमिरे, शिक्षक धनकुमार राई, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
तालिममा नेपाल पुष्पाञ्जली शिक्षालय काठमाडौँकी फाउण्डर एवम् प्रिन्सिपल मिरा शर्मा र इष्ट होराइजन मन्टेश्वरीका इन्चार्ज विकाश ग्वालले प्रशिक्षण दिइरहेका छन् । तालिममा २० जना महिला शिक्षकहरुको सहभागिता रहेको छ ।
मेचीनगरमा तालिम प्राप्त शिक्षक उत्पादन गर्ने, शिक्षण पेशामा लाग्न चाहाने युवा पुस्ताहरुलाई असल र तालिम प्राप्त बनाउने उद्देश्यले सो तालिम सुरु गरिएको प्रिन्सिपल राईको भनाई छ ।
होराइजन र नेपाल पुष्पाञ्जली शिक्षालयको सहकार्यमा सो तालिमको आयोजना गरिएको उनले बताए ।





Discussion about this post