४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भद्रपुरमा बजार अनुगमन, म्याद गुज्रिएका समान जफत

साउन १३, २०८०, ५:४६ .शनिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ साउन । भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८०÷८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ ।

नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरु समेतको टोलीले तीन दिनसम्म गरेको बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।

अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका नारायणप्रसाद भट्टराई, गुणस्तर तथा नापतौल कार्यालय झापाका विजयनन्द चौधरी, कासिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बू, नगरपालिकाको कानून शाखा प्रमुख राजेन्द्रप्रसाद ढकाल, सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता थियो । समय मिलाएर नगरप्रमुख गणेश पोखरेल पनि अनुगमनमा सहभागी भएका थिए ।

टोलीले बुधबार र विहीबार वडा नं १ र २ को हिमाली, सोमबारे, सीता चोक, चारआली, सगरमाथा चोकका खाद्य तथा कस्मेटिक पसल, होलटहरुमा अनुगमन गरेको थियो भने शुक्रबार भद्रपुर–५ र ६ का पसलहरुमा अनुगमन गरेको थियो ।

राजश्व शाखा प्रमुख कर्णका अनुसार टोलीले भद्रपुर–१ को आशा–उषा किराना पसल, हर्कबहादुर राईको पसल, शर्मिला चिया पसल, विकास राइस मिल, सुष्मा कोल्ड स्टार, गणेश भेट्स सेन्टर, प्राश्ना भेराइटिज, निर्मल किराना पसल, खरेल स्टेशनरी, वान्ता राईको पसल, कृष्ण किराना पसल, उर्मिला किराना पसल, आचार्य खाद्य पसल, देव गंगा कोल्ड सेन्टरको अनुगमन गरेको थियो ।

त्यस्तै वडा नं २ मा दाहाल भेराइटिज स्टोर, उज्वल किराना पसल, सगरमाथा स्टेशनरी, सगरमाथा भेराइटी स्टोर, शंकर इलेक्ट्रिकल्स, सृजना कोल्ड सेन्टर, ए एण्ड बी होटल, अनिता कोल्ड स्टोर, आवाज किराना पसल, कञ्चनजंघा भेराइटी स्टोर, पाँचथर ज्वेलर्स, पार्वती कस्मेटिक्स, चन्द्र स्टार्स, पुन मेडिकल स्टोर, हाम्रो पृथ्वीनगर फ्रृस हाउस, बीग बी मार्ट, सोमबारे खाजा पसल, कार्कीज केक, तेजनाथ सप्लायर्स, नविन किराना पसल, कौशिल्या किराना पसल, ओम गणेश भण्डार, सारिका होटलमा अनुगमन गरेको थियो ।

त्यसैगरी भद्रपुर–४ को गंगा भण्डार र राजेन्द्र स्टोर, भद्रपुर ५ को पञ्चकन्या आयल ट्रेडर्स र अन्नपूर्ण भण्डार तथा भद्रपुर ६ को तिम्सिना स्टोर्स, शाह स्टोर्स, लक्ष्मी भण्डार, लक्ष्मी स्टोर, सोहन स्टोर्स, विक्की स्टोर्स ओम जगदीश हरे किराना पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले अधिकांश पसलमा म्याद गुज्रिएका विभिन्न किसिमका खाद्य सामग्री, तेल र अखाद्य मिसावट गरिएका चुक अमिलो, भुटेको केराउ, दाल लगायतका सामग्री फेला पारेको र ती सामान जफत गरेको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रतिनिधि भट्टराईले जानकारी दिए ।

सो क्रममा केही पसलले नगरपालिकाको इजाजत नलिएको, केहीले नविकरण नगरेको, ढक–तराजु (डिजिटल काँटा) इजाजत नलिई प्रयोग गरेको पाइएकोले तिनीहरुलाई समय दिएर इजाजत लिन र नविकरण गर्न निर्देशन दिइएको नगरपालिकाको कानून शाखा प्रमुख ढकालले जानकारी दिए ।

जफत गरिएको सामग्री अनुगमनमा सहभागीहरुको रोहबरमा मेची किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको अनुगमन टोली संयोजक उपप्रमुख कार्कीले बताइन् ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीको सन्दर्भमा बजारमा धेरै कैफियत देखिएकोले अनुगमनलाई अझ तीव्रताका साथ अघि बढाइने र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायीमाथि कारवाही प्रक्रिया अवलम्बन गरिने समेत उनको भनाई छ ।

पछिल्लो समाचार

मिटरब्याज विधेयक प्रमाणीकरण, विधेयक पीडितहरुले जलाए

अघिल्लो समाचार

भन्सार छलेको आशंकामा कन्टेनर प्रहरीको नियन्त्रणमा

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.