७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भन्सार छलेको आशंकामा कन्टेनर प्रहरीको नियन्त्रणमा

साउन १३, २०८०, ७:०५ .शनिबार
0
0
0
SHARES
475
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १३ साउन । भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट कन्टेनर नियन्त्रणमा लिएको छ ।

ना ६ ख ४९०२ नम्बरको नेपाली प्लेटको कन्टेनरबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शुक्रबार राति ७ वजे बाजा बजाउने झाम्टा, हुक्का तान्ने सामानको सिसा, साबुनसहित कन्टेनर नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालय परिसरबाट ५०० मिटर पश्चिम ट्राफिक पोष्ट छेउमा उक्त सामानहरुसहित कन्टेनर नियन्त्रणमा लिएको इप्रकाका डीएसपी दिपक भारतीले जानकारी दिए ।

चेकजाँचका क्रममा सो समानहरुको भन्सार तिरेको रसिद नभएको र चालक फरार रहेकोले गाडी नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिइएका कन्टेनरमा ७२ हजार मुल्यको कोको जिल ६० कार्टुन, २० लाखको अफजल फेलेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झाम्टा र १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने तेलीफोन साबुन कन्टेनरमा रहेको प्रहरीले जनाएको छ ।

१ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मुल्य राखि आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको डीएसपी भारतीले बताए ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्सारबाट निस्किएको सामान सहितको कन्टेनर भन्ने थाहा नभएको बताए । प्रहरीले बाहिर कन्टेनर नियन्त्रणमा लिएको जानकारी भएको बताए ।

‘सामान के के छन् थाहा भएन’ भन्सार प्रमुख रेग्मीले भने–‘कन्टेनर भित्रको काँसको झाम्टाको भन्सार गरेको छ भन्ने सुनेको छु । अन्य सामानको थाहा भएन । कन्टेनर भन्सारबाट बाहिरिएको नभइ ढुवानी (ट्रान्सपोर्टेसन)को हुनसक्छ । भन्सार प्रमुख रेग्मी अहिले विदामा रहेका छन् ।

मेची भन्सार कार्यालयका निमिक्त प्रमुख पूर्ण लम्सालले सामान सहितको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बुझेको बताए । तर, उक्त सामानहरु भन्सार गरेको वा नगरेको विषयमा जानकारी नभएको बताए ।

साउन १ गतेदेखि लागू हुने गरी १०० सय रुपैयाँ भन्दा बढीको सामानको भन्सार लाग्ने भनेर राज्यले कानून लगाउने तर ठुला कन्टेनर चाहिँ भन्सार आसपास विना भन्सार गरेको गाडी भेटिनु कतिको जायज हो भनेर स्थानीयबासीले प्रश्न गरेका छन् ।

(शव्द÷फोटो : अर्जुन कार्की)

पछिल्लो समाचार

भद्रपुरमा बजार अनुगमन, म्याद गुज्रिएका समान जफत

अघिल्लो समाचार

तीनतिरे चोक अब चियावाल्नी गाउँमा परिणत

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.