झापा, १३ भदौ । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरी जनाएको छ ।
दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटना बारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post