झापा, १३ भदौ । आज नेकपा एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्किएको छ ।
सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको जहाजमा जनकपुर जाँदै थिए ।
तर जनकपुर विमानस्थल माथिको आकाशमा पुगेपछि एयरहोस्टेजले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं नै फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए ।
बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जादैछन् भने अरु नेताहरु काठमाडौंबाट हिडेका थिए ।
बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी भइरहेको छ ।
जहाजको ‘अटोपाइलट सिस्टम’मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएका बुद्ध एयरका एक उच्च अधिकारीले जानकारी दिए ।
(अनलाइन खवर)
Discussion about this post