झापा, १२ भदौ । मोटरसाइकल दुर्घटनामा परी कनकाई अस्पताल बिर्तामोडका २८ वर्षीय डाक्टर नीरज यादवको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार डा.यादवको आज विहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको छ ।
डा.यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र–३–००१ क ००९५ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनी घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि मंगलबारे स्थित मदन भण्डारी अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएको छ ।
एमबीबीएस डा. यादव कनकाई अस्पतालको इमर्जेन्सीमा कार्यरत थिए । उनी घर पुगेर अस्पतालको ड्यिुटीमा फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
Discussion about this post