झापा, १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पाँच दिने चीन भ्रमण रद्द गरेका छन् ।
चीन सरकारको निमन्त्रणामा पर्यटन, प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि विहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।
तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।
नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ चुचे नक्सा संसदबाट पारित गरेको थियो ।
Discussion about this post