धुलाबारी, १४ भदौ । प्रहरीले धुलाबारीका ३८ वर्षीय नविमियाँ चुरौटेको घरबाट २ केजी गाँजा फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले दिउँसो २ वजे चुरौटेको घरबाट २ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
‘चुरौटेले घरैमा गाँजा बिक्री गर्ने गरेको रहेछ’, डीएसपी रिजालले भने–‘गाँजा सेवन गर्न आएका थप २ जनालाई मनोपरामर्श दिएर छाडिएको छ । गाँजा बेच्नेलाई आवश्यक कानुनी कारवाही हुनेछ ।’
गाँजा सेवन गर्न आएका हिमाल बजगाईं र स्मृति लिम्बूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अभिभावकको सामुन्ने मनोपरामर्श दिएर छाडिएको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिएका हिमाल बजगाई कोशी प्रदेश सभा सदस्य सविना बजगाईको छोरा रहेको बुझिएको छ ।
Discussion about this post