५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘विषादी जाँच्ने प्रयोगशाला’ खुलाउन माग

साउन १८, २०८०, ३:३८ .बिहिबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ साउन । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई पत्र पठाएर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको हो ।

साउन १२ गतेदेखि प्रयोगशालाको सेवा बन्द भएपछि हाल तरकारी तथा फलफूलको विषादी अवशेष नजाँची बिक्री वितरण भइरहेको छ । यसबाट मानव स्वास्थ्यमा असर परिरहेको जनगुनासो आएको जनाउँदै अभियानले प्रयोगशाला सञ्चालन नगरिए उपभोक्ताहरु सडकमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

‘आम नागरिकदेखि राष्ट्रपतिसम्म र मजदूरदेखि माननीयसम्म सबैको भान्सामा पुग्ने तरकारी र फलफूल आयात हुने नाका र बिक्री वितरण हुने बजार एउटै हो,’ अभियानले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ–‘उपभोक्ताको हितलाई सर्वोपरि ठानी हाम्रा मागहरु पूरा गर्न आग्रह गर्दछौं । हाम्रो मागलाई वेवास्ता गरिएमा र खाद्य वस्तुमार्फत मन्द विष खानुपर्ने बाध्यता सिर्जना भइरहेमा आम नागरिकको हक, हित र स्वास्थ्य सुरक्षाका लागि उपभोक्ता जागरण अभियान झापा सडकमा उत्रिन बाध्य हुने समेत अग्रिम जानकारी गराउँदछौं ।’

यसैगरी, भारतबाट आयातित हुने तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणका लागि काँकरभिट्टामा सञ्चालित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (खाद्य प्रयोगशाला) अझ बढी प्रविधियुक्त बनाउन, विषादी अवशेष जाँच कडाइका साथ गर्न, नमुना संकलन सरकारी कर्मचारी आफैले गर्न, जाँच पास नभइकन कुनै पनि सामान भन्सारबाट बाहिर जान नदिन र जाँच प्रतिवेदन जनहितका लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउन अभियानले माग गरेको छ ।

नजिकिदै गरेको नेपालीहरुको चाडपर्व, सीमा नाकामा राज्यले गरेको कडाई र रुस–युक्रेन युद्धको बहानामा बजारमा खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य बस्तुको अस्वाभाविक ढंगले तस्करी, मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो आइरहेको विषयमा अभियानले प्रमुख जिल्ला अधिकारी र स्थानीय पालिकाहरुको ध्यानाकर्षण गराएको छ ।

अभियानले उपभोक्ता हित विपरीतको धन्धामा लागेका जोकोहीलाई कानूनी कारवाहीको दायरामा ल्याउन र बजार अनुगमन प्रभावकारी रुपमा गर्न माग गरेको छ ।

उपभोक्ता जागरण अभियान नेपालका कोशी प्रदेश अध्यक्ष राजेन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी पोखरेललाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।

टोलीमा अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

पछिल्लो समाचार

प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस, कार्की अवकाश हुँदै

अघिल्लो समाचार

कारागारमा यसरी भयो झडप…

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.